अमेरिकी शिक्षा मन्त्रालय खारेज गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर

न्युयोर्क । अमेरिकी शिक्षा मन्त्रालय खारेज गर्ने गरी अघि बढेका राष्ट्रपति डोनाल्ड ड्रम्पले सो सम्बन्धमा कार्यकारी आदेश जारी गरेका छन् । शिक्षा मन्त्रालय खारेज गर्ने गरी काम सुरु गर्न निर्देशन दिइएको छ ।
चुनावी अभियानका क्रममा शिक्षा मन्त्रालय खारेज गर्ने प्रतिवद्धता व्यक्त गरेका ट्रम्पले छिट्टै मन्त्रालय बन्द गर्ने बताएका छन् ।
शिक्षा मन्त्रालय खारेज गर्ने ट्रम्पको कार्यकारी आदेश भएपछि यसलाई पूर्ण रुपमा बन्द गर्न कांग्रेसको समर्थन आवश्यक पर्ने न्युयोर्कका चर्चित पत्रकार तथा खसोखास डटकमका प्रधानसम्पादक किशोर पन्थीको भनाइ छ ।
कांग्रेसमा रिपब्लिकनहरुको बहुमत नरहेका कारण यो निर्णय कार्यान्वयन हुन नसक्ने अवस्था रहेको पनि पत्रकार पन्थीको विश्लेषण छ ।