अधिकारी बज्जिका सम्मानबाट सम्मानित

तु खबर संवाददाता
२०८१ चैत्र ९,आईतवार ०९:५५

सर्लाही । मलंगवा नगरपालिकाले सहित्यकार तथा पत्रकार गिरिजा अधिकारीलाई बज्जिका सम्मान २०८१ बाट सम्मानित गरेको छ ।

नगर प्रमुख नागेन्द्रप्रसाद यादवले अधिकारीलाई बज्जिका सम्मानबाट सम्मानित गरेका हुन् । अधिकारीलाई सम्मान गर्ने कार्यक्रममा बज्जिका शिरोमणि बरिष्ठ साहित्यकार सञ्जय साह मित्र, बज्जिका भाषाका अग्रज साहित्यकार रामचन्द्र कुशुवाहा, किशुल दयाल श्रीकृष्ण, बज्जिका साहित्यकार तथा नगरपालिकाका गैसस प्रमुख मुकेश मिश्रलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बज्जिका भाषाको विकास र विस्तारमा योगदान पुर्याएकोमा अधिकारीलाई सम्मानित गर्न पाउँदा खुसी लागेको बज्जिका साहित्य समाजका अध्यक्ष कुशुवाहाले बताए ।

नगर प्रमुख यादवले पत्रकार तथा साहित्यकार अधिकारीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

त्यसैगरी बज्जिका शिरोमणि बरिष्ठ साहित्यकार तथा पत्रकार सञ्जय साह मित्रले बज्जिका भाषाको विकास र विस्तारमा अधिकारीको योगदान महत्वपूर्ण भएको चर्चा गरे ।

नेपाली मातृभाषा भएका अधिकारीले बज्जिका भाषाको विकास र विस्तारमा पुर्याएको योगदान प्रशंसनीय भएको मित्रको भनाइ छ ।

सम्मानपत्र ग्रहण गर्दै अधिकारीले बज्जिका भाषाको विकास र विस्तारमा आफ्नो तर्फबाट थप योगदान पुर्याउन आफू उत्प्रेरित भएको बताए । एउटा पत्रकार र साहित्यकारको रुपमा बज्जिका भाषाको विकासमा केकसरी योगदान गर्न सकिन्छ, म तयार छु– अधिकारीले भने ।