पाथीभरामा स्थानीयको भावना अनुसार अघि बढ्न शर्माको सुझाव

तु खबर संवाददाता
२०८१ चैत्र ९,आईतवार १०:१५
file-photo

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केवलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् ।

पाथीभरा राष्ट्रको धार्मिक धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको भएपनि स्थानीयको भावना अनुसार अघि बढ्न उनले सुझाव दिएका हुन् ।

हाल पाथीभरा केबलकार निर्माणलाई लिएर स्थानीय समुदायका केही समूहले विरोध जनाएका छन् । पूर्वमन्त्री शर्माले विवाद समाधानका लागि संवाद, सहकार्य र समन्वय आवश्यक रहेको भन्दै सरकारलाई स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न अनुरोध गरेका हुन् ।

पाथीभरामा केबलकार निर्माण गर्ने विषयमा विवाद तिब्र भएको छ भने प्रशासन र स्थानीयबीच बारम्बार झडप भइरहेको छ ।