पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव

तु खबर संवाददाता
२०८१ चैत्र ९,आईतवार १५:१८
file-photo

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् ।

सभापति देउवाले नेपालमा राजतन्त्र फर्किने संभावना नरहेको समेत बताए । संवैधानिक राजा बन्न लायक व्यक्ति ज्ञानेन्द्र शाह नभएको टिप्पणी समेत देउवाको थियो ।

देउवाले भने– ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन् ।’