कुलमान घिसिङ बर्खास्त, प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

तु खबर संवाददाता
२०८१ चैत्र १०,सोमबार २१:०७
file-photo

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ । उनको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको र शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।

मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो ।