सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङको भनाइ

तु खबर संवाददाता
२०८१ चैत्र ११,मंगलवार ०८:४४
file-photo

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध आफू अदालत जाने कुलमान घिसिङले बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई हटाउने निर्णयको विरोधमा सत्तारुढ दलकै नेताहरु असन्तुष्ट छन् भने माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरु आक्रोशित छन् ।

घिसिङले सरकारले राम्रो काम गर्दा गर्दै अनावश्यक आरोप लगाएर हटाएकाले एक पटक अदालत जाने प्रतिक्रिया दिएको रातोपाटीले लेखेको छ ।
कुलमानलाई हटाउने निर्णयप्रति विभागीय मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले पनि  असन्तुष्टी जनाएका छन् । उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रीपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्ण गरेको थियो ।