शिक्षक सेवा आयोगद्वारा ६८६ पदका लागि आवेदन माग

तु खबर संवाददाता
२०८१ चैत्र १३,बिहीबार ०८:३५

काठमाडौँ । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ जना निमावि तहको शिक्षक पदको लागि आवेदन खुलाएको छ ।

विज्ञापन अनुसार, सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुलाइएको जानकारी दिइएको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीले आवेदन गर्न पाउने आयोगले जनाएको छ ।

आयोगका अनुसार, उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइनबाट दरखास्त दिन भनिएको छ ।

आवेदन २०८२ वैशाख १२ गतेसम्म दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर वैशाख १९ गतेसम्म आवेदन भर्न पाइनेछ ।

उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ भने बहालवाला स्थायी शिक्षकको हकमा उमेर हद लागू हुने छैन, आयोगको सूचनमा लेखिएको छ ।

लिखित परीक्षा एकै दिन, एकै समयमा हुने भएकोले एक प्रदेश र एक विषयमा मात्र दरखास्त भर्न सकिने छ ।

हेर्नुहोस् सूचना

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab