कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेमा सो विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा कुलमानको रिटमाथि सुनुवाइ भइरहेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई विरुद्ध बनाएर दायर रिटमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।
घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए । कुलमानले मन्त्रालयको निर्देशन नमानेको, आफू खुसी विद्युत खरिद सम्झौता गरेको लगायतका आरोप लगाउँदै उर्जामन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले उनलाई बर्खास्त गरेको थियो । यसअघि बर्खास्तमा परेका शाक्यलाई नै कार्यकारी निर्देशक बनाउने निर्णय मन्त्रिपरिषद्ले गर्दा त्यस विरुद्ध देशव्यापी प्रदर्शनहरु भएका छन् ।