सर्वोच्चद्वारा  कुलमान र हितेन्द्र दुवैको रिटमा अग्राधिकार

तु खबर संवाददाता
२०८१ चैत्र १४,शुक्रबार १५:५६

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक दुवैको रिटलाई अग्राधिकार प्रदान गरेको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न अग्राधिकार प्रदान गरेको हो । आइतबार पुनः ती रिट निवेदनहरुमाथि सुनुवाइ हुनेछ।

इजलासले कुलमानले माग गरेको अन्सरतरिम आदेश दिन भने अस्वीकार गरेको छ । सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन समेत अदालतले भनेको छ । सर्वोच्चमा कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध बिहीबार छुट्टाछुट्टै रिट दायर गरेका थिए।

यस अघि कुलमानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । उनले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय अवैधानिक भएको दावीसहित पुर्नबाहलीको माग गरेका छन् ।

उर्जामन्त्री दिपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले कुलमानलाई बर्खास्त गर्दै शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।