आगजनीमा परी एभिन्युज टिभीका पत्रकार रजकको मृत्यु, प्रदर्शन हिंसात्मक : मानव अधिकार आयोग

तु खबर संवाददाता
२०८१ चैत्र १४,शुक्रबार १९:४५
तस्बिर : तु खबर डटकम

काठमाडौं । तीनकुनेको एक भवनमा लागेको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ । भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरुको आन्दोलनले हिंसात्मक रुप लिँदा काठमाडौं तनावग्रस्त भएको थियो । सोही आन्दोलनको समाचार संकलनमा खटिएका पत्रकार रजक आगलागीमा परेका हुन् ।

घरको छतमा पत्रकार भएकोले उद्धार गरिदिन प्रहरीलाई आग्रह गरिएकोमा वास्ता नगरेको भन्दै विरोध भइरहेको छ ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको जनाएको छ । आन्लोलनकारीहरुले प्रहरीको घेरा तोडर बानेश्वर तर्फ जान खोज्दा आन्दोलन हिंसात्मक भएको हो ।

मानव अधिकार आयोगले अनुगमन टोली बनाएर आन्दोलनको अनुगमन गरेको थियो, त्यस क्रममा उसले आन्दोलन हिंसात्मक भएको निश्कर्ष निकालेको हो ।