काठमाडौंको आन्दोलनमा दुईको मृत्यु

तु खबर संवाददाता
२०८१ चैत्र १४,शुक्रबार १९:५४

काठमाडौं । आज भएको आन्दोलनमा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा किर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।

आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको मृत्यु भएको पाइएको छ। दिउँसो भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार कीर्तिपुर निवासी महर्जनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।