राजावादीको हिंसात्मक प्रदर्शनप्रति गृह मन्त्रालयको कडा प्रतिक्रिया (हेर्नुहोस् विज्ञप्ती )

तु खबर संवाददाता
२०८१ चैत्र १४,शुक्रबार २०:४०

काठमाडौं । गृहमन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राजावादी प्रदर्शन हिंसात्मक बनेको भन्दै कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयका अनुसार प्रदर्शनकारीहरूले संविधानले दिएको अधिकारको उल्लंघन गर्दै हिंसा मच्चाएका छन् ।

गृहमन्त्रालयले आन्दोलनले स्वतन्त्रताको हकलाई नै हिंसात्मक बनाएको बताउँदै, ‘आजको घटनाले लाज मान्नुपर्ने अवस्था सिर्जना गरेको छ’ उल्लेख गरेको छ । सुरक्षाकर्मीमाथि आक्रमण भएको भन्दै गृहमन्त्रालयले राजावादी आन्दोलनका प्रमुख दुर्गा प्रसाईंले प्रहरी अधिकारीहरूको ज्यान लिने प्रयास गरेको आरोप लगाएको छ ।

सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड भएको मन्त्रालयको निष्कर्ष छ । ‘हामीले सुक्ष्म रूपमा अध्ययन गरिरहेका छौं, कानुन तोड्ने जोसुकैलाई कारबाही हुन्छ’ मन्त्रालयले चेतावनी दिएको छ । राजधानीका विभिन्न स्थानमा घर, गाडी र मोटरसाइकल जलाइएको उल्लेख गर्दै मन्त्रालयले नागरिकहरूलाई आतंकित नहुन आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ती :