तोडफोडबाट पुगेको क्षति अनुगमनका लागि तीनकुने पुगे गृहमन्त्री

तु खबर संवाददाता
२०८१ चैत्र १५,शनिबार १०:३४
तस्बिर : तु खबर

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीबाट भएको क्षतिको अनुगमन गरेका छन् । उनले काठमाडौंको तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् ।

शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय, मिडिया हाउसका सवारी र अन्य सवारी साधनमा आगजनी गरेका थिए । आन्दोलन हिंसात्मक हुँदा २ जनाको मृत्यु समेत भएको थियो । मृत्यु हुनेमा एक जना फोटो पत्रकार समेत छन् ।

हिजै गृह मन्त्रालयले विज्ञप्ती निकालेर आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका निर्वाह गर्ने जो जुकै भएपनि दण्डित गरिने जानकारी दिएको छ । त्यसयता आन्दोलनलाई हिंसात्मक बनाउन भुमिका निभाएको आरोपमा विभिन्न व्यक्तिहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजावादीहरुले प्रदर्शनका क्रममा विभिन्न ठाउँका पसलहरु लुटेको र अराजकता मच्चाएको आरोप गृह मन्त्रालयको छ । प्रयाप्त सुरक्षा योजना नबनाई सुरक्षा क्षेत्रमा खटाएको र अराजकता निम्त्याउन असफल भएको आरोप सरकारमाथि छ ।