देशभरि पत्रकार महासंघको प्रदर्शन

तु खबर संवाददाता
२०८१ चैत्र १५,शनिबार १०:४९
तस्बिर : खगेन्द्र फुयाँल

काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।

यसै गरी नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवश मनाउने क्रममा देशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गरेको छ । मकवानपुरमा पनि पत्रकार महासंघको नेतृत्वमा विरोध प्रदर्शन भएको छ ।

पत्रकारहरुको पेशागत सुरक्षाको माग राख्दै पत्रकार महासंघ विरोधमा उत्रिएको हो । यसअघि निर्धारित कार्यक्रमहरु सबै स्थगित गर्दै महासंघ प्रदर्शनमा उत्रिएको केन्द्रीय सचिव रमेश खतिवडाले जानकारी दिए ।