गभर्नर नियुक्तिमा गडबढी नगर्न प्रचण्डको चेतावनी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा गडबढी नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले राष्ट्र बैंकमा योग्य गर्भनर ल्याउन सरकारलाई सुझाव दिँदै अन्यथा अर्थव्यवस्था ध्वस्त हुने चेतावनी दिएका हुन् ।
प्रचण्डले आर्थिक अवस्थामा आएको समस्याको कारण व्यवस्थामाथि प्रश्न उठेको बताउँदै व्यवस्था बलियो बनाउन जनताको अवस्था सुधार गर्नुपर्ने र जनताको अवस्था सुधार गर्नका लागि अर्थतन्त्र सबल बनाउन आवश्यक रहेको प्रचण्डले बताए ।
प्रचण्डले अर्थतन्त्र सुधार गर्न सक्ने योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई भनेका छन् । उनले राष्ट्र बैंकको गभर्नरमा व्यक्तिगत वा पार्टीगत स्वार्थ हेरे जनताको अवस्थामा गम्भिर हुनसक्ने चेतावनी समेत दिएका छन् ।
प्रेस सेन्टरको एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।