विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

तु खबर संवाददाता
२०८१ चैत्र १६,आईतवार ०८:१७
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.४६ रुपैयाँ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १४६.९९ रुपैयाँ र बिक्रीदर १४७.६३ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४२ रुपैयाँ र बिक्रीदर १७७.१९ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.५१ रुपैयाँ र बिक्रीदर १५५.१९ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८५.८६ रुपैयाँ र बिक्रीदर ८६.२४ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९५.२४ रुपैयाँ र बिक्रीदर ९५.६६ रुपैयाँ रहेको छ।

सिङ्गापुर डलर एकको खरिददर १०१.६६ रुपैयाँ र बिक्रीदर १०२.१० रुपैयाँ, जापानी येन १० को खरिददर ९.०५ रुपैयाँ र बिक्रीदर ९.०९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.७८ रुपैयाँ र बिक्रीदर १८.८७ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.४४ रुपैयाँ र बिक्रीदर ३७.६० रुपैयाँ निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.१५ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७५ रुपैयाँ र बिक्रीदर ३०.८९ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.५७ रुपैयाँ र बिक्रीदर १३.६३ रुपैयाँ रहेको छ।

त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर १९.७० रुपैयाँ र बिक्रीदर १९.७९ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.५४ रुपैयाँ र बिक्रीदर १७.६२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४२.५१ रुपैयाँ र बिक्रीदर ४४४.४५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६१.९७ रुपैयाँ र बिक्रीदर ३६३.५६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५४.४६ रुपैयाँ र बिक्रीदर ३५६.०२ रुपैयाँ रहेको छ।