आफुलाई जेल हाल्न लिङदेलको चेतावनी

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी संसदभित्रै भएकोले जेल हाल्न चुनौती दिएका छन् ।
आज जारी संसद बैठकमा बोल्दै उनले आफूलाई जेल हाल्न भनेका हुन् । आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न बैठकमा चुनौती दिएका हुन् ।
विपक्षीहरुले आज पनि संसद बैठक अवरुद्ध गरेका छन् । कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म विपक्षीले संसद बैठक चल्न नदिने बताउँदै आएको छ ।