स्वागत नेपाल रिहा, मुद्धा चलाउनु पर्ने आधार र कारण देखिएन : प्रहरी

तु खबर संवाददाता
२०८१ चैत्र १६,आईतवार २१:१२

काठमाडौँ । प्रहरीले अधिवक्ता स्वागत नेपाललाई मुद्धा चलाउनु पर्ने आधार र कारण नदेखिएकोले आज साँझ रिहा गरेको छ ।

राजावादीले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेपनि प्रहरीले उनको संलग्नता नदेखिएको निष्कर्षसहित रिहा गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल राज बोहराले घटना भएको दिन उनी परीक्षामा रहेको पुष्टि भएकाले रिहा गरिएको बताए । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको प्रवक्ताको रुपमा रहेका नेपाललाई प्रहरीले आधार र कारण नदेखिएकोले मुद्धा चलाउनु पर्ने नदेखिकोले रिहा गरेको जनाएको छ ।

शुक्रबार नै पक्राउ परेका उनलाई थुनामुक्त गर्न माग गर्दै आजै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदनसमेत दर्ता भएको थयो ।