त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आज सोमबार स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो । यो निर्वाचनमा भोटिङ मेसिनद्वारा मतदान गराइँदैछ ।
विभिन्न विवादका कारण हुन नसकेको निर्वाचन आज हुन लागेको छ । नेविसंघको चरम विवादपछि क्याम्पसमा निर्वाचन गराउन सकिने अवस्था बनिरहेको थिएन ।