शिक्षकको माग पूरा गर्न संसद्‍को विशेष अधिवेशन बोलाउन सकिने प्रचण्डको भनाइ

तु खबर संवाददाता
२०८१ चैत्र २३,आईतवार १७:२८
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न आवश्यक परेमा विशेष अधिवेशन बोलाउन सकिने बताएका छन् ।

काठमाडौंमा भएको नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो माग पूरा नभएसम्म सडक आन्दोलन नछोड्न शिक्षकहरूलाई आग्रह गरे । उनले शिक्षकहरूलाई सताउने काम सरकारले गरिरहेकोले त्यो बन्द गर्न समेत माग गरे ।

जबसम्म माग पूरा हुँदैन, सिटी बजाउनुस्, उनले भने ।आफूले शिक्षकहरुको माग र आन्दोलनबारे सरकारसँग कुरा गर्ने समेत प्रचण्डले बताए ।