बानियाँको शब्द भट्टराईको स्वरमा ‘कसरी तरौँ’ भजन सार्वजनिक

मीन बानियाँको शब्द र बबिना भट्टराईको संगीत तथा स्वरमा ‘कसरी तरौँ ‘ भजन सार्वजनिक भएको छ । बबिना भट्राईको आफ्नै आध्यात्मिक युट्युव च्यानल ‘श्री भजन्स्’ मार्फत सार्जजानिक भएको सो भजनलाई देबेन्द्र नेवाले एरेन्ज गरेका हुन् । ऐकेस्टिक नेपालको स्टुडियोमा प्रकाश मिश्रले रेकर्ड गरेका उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ पनि उनै मिश्रले गरेका छन् ।
भजन ‘कसरी तरौं’ को भिडियोमा गायिका तथा संगीतकार बबिना आफै फिचर्ड छिन् । काठमाडौको पूर्वोत्तरमा रहेको प्रशिद्ध तीर्थस्थल गोकर्णेश्वरमा एजे अजुको छायाकंन तथा निर्देशनमा निर्माण गरिएको भिडियोमा बबिनाको सानदार प्रस्तुती छ । कसरी तरौँले मनलाई शान्ति दिनुको साथै आत्मिक ऊर्जा प्रदान गर्छ, लेखक बानियाँले तु खरबसँग भने । भक्तिभावले भरिएको यो भजनले आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने बानियाँको विश्वास छ । भजन ‘कसरी तरौं’ नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको गायिका तथा संगीतकार भट्टराईको धारणा छ ।
गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा ‘बीणा भक्ति’ युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् ।
यस अघि गीतकार बानियाँको ‘अर्काको देशमा आँशु छ आँखामा’ बोलको भिडियो सार्वजनिक भएको थियो । जून भिडियोले निकै चर्चा पाएको थियो । राष्ट्रभक्तिको भावनाले भरिएको गीतमा शुलभ लोहनीको स्वर थियो । भिडियो अरुको देशमा रहेर सहनु परेको पीडाको विषयमा समेटिएको छ । बैदेशिक रोजगारी, यसको पीडा र नेपालीहरुको स्वदेश फिर्तीको उत्कट चहाना गीतमा प्रतिबिम्बित भएको छ । त्यसैगरी बानियाँको लेखनमा आकाश पनि सानै लाग्छ बोलको भिडियो समेत सार्वजनिक छ ।
गीतकार बानियाँकै शब्दमा ‘सगरमाथा शीर मेरो’ बोलको गीत पनि बजारमा आएको छ । यो गीत विन्दबासिनी म्युजिक अवार्ड २०७९ मा सर्वोत्कृष्ठ ५ मा नोमिनेशनमा परेको थियो । बानियाँको शब्द, नरहरि प्रेमी र इन्दु बानियाँको स्वरमा सजिएको सो गीतलाई प्रेमीले संगीत भरेका हुन् ।राष्ट्रिय भावनाले ओतप्रोत गीतको रुपमा बानियाँको गीत नोमिनेशमा समेटिएको हो ।
दर्जनौँ गीत लेखेका लेखक बानियाँ विशेषतः आधुनिक तथा राष्ट्रभावले भरिपूर्ण गीत लेख्न मन पराउँछन् ।