पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा फर्किनु अनुचित : नेपाल

तु खबर संवाददाता
२०८१ चैत्र २५,मंगलवार १४:३१
Madhav- kumar- nepal

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उचित नभएको बताएका छन् ।

मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने बताए । पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाई छ । उनले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे ।

पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनः सक्रिय राजनीतिमा आकर्षित भएकोमा त्यसको चौतर्फी विरोध भइरहेको छ । यही सन्दर्भमा अध्यक्ष नेपालले पनि पूर्व राष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिभन्दा बाहिर हुनुपर्ने बताएका हुन् ।