प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछन् : अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख एमालेको युवा संघको सहअध्यक्ष रहेको समेत बताए । प्रहरी प्रहरी नै भएर बस्नुपर्ने भन्दै अध्यक्ष लिङ्देनले कुनै दलको भ्रातृ संगठन भएर प्रहरी संगठन नचल्ने उनको भनाई थियो । गत १५ गते काठमाडौंमा भएको प्रदर्शनमा राजावादीहरु हिसात्मक भएको आरोपमा प्रहरीले पक्राउ गरिरहेकोमा राजावादीहरुले कुनै हिंसात्मक गतिविधि नगरेको लिङ्देनले बताए ।
राजावादीहरुसँग एउटा लाठी थियो त ?, थिएन अनि कसरी त्यो हिंसात्मक भयो–लिङ्देनले सभामा भने । लिङ्देनले राजादेखि गणतन्त्रवादी समेत अटाउने व्यवस्थाका लागि नयाँ समझदारी गर्न आवश्यक रहेको भन्दै यो देश राजा मान्नेहरुको पनि भएको बताए ।