शिखर इन्स्योरेन्सद्वारा तीनकुने क्षतिको १३ दिनभित्रै सबै दावी भुक्तानी

काठमाडौं । बीमा दावी परेपछि कम्पनीहरुले समयमा भुक्तानी नदिएका गुनासाहरु धेरै सुनिने गरेको भएपनि शिखर इन्स्योरेन्स कम्पनीले भने गत चैत्र १५ गते भएको तीनकुने घटनाको पहिलो दावी भुक्तानी १३ दिनभित्रै दिएको छ । यसलाई नयाँ रेकर्डको रुपमा लिइएको छ ।
बीमा प्राधिकरणका अनुसार गत चैत्र १५ गते भएको हुलदंगामा भएको भौतिक सम्पत्ति क्षतिको चार लाख ९८ हजार २१३ रुपैयाँ दावी भुक्तानी गरेको हो । सो दिन भएको तोडफोड र आगजनीका घटनाहरुमा शिखर इन्स्योरेन्स कम्पनीमा पाँच वटा बीमा दावी परेका थिए । कम्पनीले सबै बीमा दावी १३ दिनभित्रैमा सम्पन्न गरेर नयाँ रेडर्क कायम गर्न सफल भएको छ ।
बीमा प्राधिकरणका अनुसार कूल पाँच करोड ४९ हजार ४२१ रुपैयाँको बीमा दावी परेकोमा शिखरले १३ दिनभित्रैमा शतप्रतिशत दावी भुक्तानी गर्न सफल भएको छ ।