हेटौँडा र उदयपुर सिमेन्ट मर्ज गरी नीजि क्षेत्रलाई दिन आयोगको सुझाव

तु खबर संवाददाता
२०८१ चैत्र २८,शुक्रबार १५:१३

काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले हेटौंडाको हेटौंडा सिमेन्ट र उदयपुरको उदयपुर सिमेन्टलाई मर्ज गरी नीजि क्षेत्रमार्फत् सञ्चालन गर्न सुझाव दिएको छ ।

आयोगले हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गरेर गाभ्ने सुझाव दिएको हो ।

सरकारको केही हिस्सामात्र राखेर बाँकी नीजि क्षेत्रलाई सेयर बिक्री गर्नुपर्ने सुझाव पनि आयोगले दिएको छ ।

यसैगरी, आयोगले राजस्व अनुसन्धान विभागलाई पनि खारेज गर्न सरकारलाई सुझाव दिएको हो । शुक्रवार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गरेको आयोगको प्रतिवेदनमा विभाग खारेज गर्न प्रस्ताव गरिएको हो ।