वर्तमान सन्दर्भमा मानव अधिकारको चुनौती

तु खबर संवाददाता
२०८१ चैत्र २९,शनिबार १४:४७

हेटौंडा । हिमराइट्स मकवनपुरको आयोजनामा भएको कार्यक्रममा मानव अधिकार सबैको सरोकार भन्ने मुल नारा सहित वर्तमान सन्दर्भमा मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

वर्तमान अवस्थामा मानव अधिकार हननका घटना तथा अवस्थामा केन्द्रित रही छलफल भएको थियो । छलफलमा मानवअधिकारको हनन बढ्दो अवस्था रहेको तथा मानव अधिकारकर्मी नै समस्यामा रहेको औल्याइएको छ ।

बर्षौदेखि अधिकारबाट बञ्जित भएका बालबलिकाहरुको अधिकारको न्यायको लागि अधिकारकर्मी गएर पहल गरिदिन अनुरोध गरेता पनि विभिन्न बहनाबाजी गरेर अधिकारकर्मीलाइ केही कर्मचारीले पदको दुरुपयोग गरेको दावी उनीहरुको थियो ।

कार्यक्रममा हिमराइटस मकवानपुरका कायक्रम संयोजक कुमारी वाइबा, गैसस मकवानपुर अध्यक्ष रामिला सपकोटा, अस्मिता नेपालका अध्यक्ष आरती पाठक, सिविन बाल हेल्पलाइन अध्यक्ष सम्झना अधिकारी, माइती नेपालका कार्यक्रम संयोजक माया लामा, राष्ट्रिय मानव अधिकार आयोग कि अधिकृत रबिना घिमिरे , नेपाल मानव अधिकार संगठन का अध्यक्ष शर्मिला श्रेष्ठ , उच्च अदालत बार एसोसियसन का अध्यक्ष मन प्रसाद भट्टराइ , जिल्ला बार एसोसिएसन निवर्तमान अध्यक्ष अप्सरा बस्नेत , बाग्मति प्रदेश बाल अधिकार परिषद सदस्य एवम् बालकल्याण समाज का प्रकाश खतिवडा लगायतकाको उपस्थिति रहेको थियो ।