जाजरकोटमा फेरि अर्को भूकम्प

तु खबर संवाददाता
२०८२ बैशाख २,मंगलवार १०:५७

काठमाडौँ । जाजरकोटमा मंगलबार फेरि भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा कुशे गाउँपालिकाको पैंक केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा मंगलबार पुनः अर्को भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ५३ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा आतङ्कित भएका छन् । तर, यसबाट कुनै क्षति भएको सूचना प्राप्त भएको छैन ।