युवाहरुलाई थुनेपछि सीडीओ र प्रहरीविरुद्ध नाराबाजी

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड मेटेको अभियोगमा पक्राउ परेका ६ जनालाई वार्ताको नाममा जिल्ला प्रहरी कार्यालय बोलाएर प्रहरीले आज साँझ नियन्त्रणमा लिएपछि युवाहरुले हेटौंडामा प्रदर्शन गरेका छन् । टायर बालेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
युवाहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका विरुद्ध नाराबाजी गर्दै एमाले सीडिओ फिर्ता जा, एसपी मुर्दावाद, प्रहरी दमन मुर्दावाद, हेटौंडा अस्पताल अलग गरजस्ता नारा लगाएका थिए ।
प्रहरीले यसअघि उनीहरुको घरघरमा गएर वालबच्चा र परिवारलाई मानसिक तनाव दिएको आरोप पक्राउ परेकाहरुको छ । प्रहरीले भने उनीहरुको घरमा गएर सामान्य सोधपुछ मात्रै गरेको दावी गरेको छ ।