राप्रपाका अध्यक्ष लिङ्देन सहित ७ जना पक्राउ

तु खबर संवाददाता
२०८२ बैशाख ७,आईतवार १७:११

काठमाडौँ । सिंहदरबार र बानेश्वरका निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्ना पार्टीका नेताहरु पक्राउ परेपछि राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले सरकारको रबैयामाथि प्रश्न उठाएका छन् । संविधान प्रदत्त अधिकार कुण्ठित भएको श्रेष्ठले लेखेका छन् ।

राप्रपाले आज गरिने प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने बताएको थियो । शान्तिपूर्ण रुपमा निषेधित क्षेत्र तोड्ने तयारी राप्रपाको थियो । सो सूचना सार्वजनिक भएपछि सरकारले पनि सुरक्षा रणनीतिहरु तयार पारेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरेको थियो ।