डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको दायर रिट हेर्न नभ्याइनेमा

तु खबर संवाददाता
२०८२ बैशाख ७,आईतवार १७:१८

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको दायर रिट हेर्न नभ्याइनेमा परेको छ ।

आइतबार गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पुनरावेदन निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।

आज ४१ वटा मुद्दाको सुनुवाइ हुन लागेकोमा अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिट र निवेदनको पेसी ४० औँ नम्बरमा परेको थियो ।

सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै सोही रिटमाथि निवेदकहरूले भट्टको योग्यता नपुग्ने दाबीसहित गभर्नर नियुक्ति नगर्न मागसहित शुक्रबार पूरक निवेदन दिएका थिए ।