पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ गम्भीर घाइते

तु खबर संवाददाता
२०८२ बैशाख ८,सोमबार ०७:१९

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा पाथीभरा जाँदै गरेको एउटा बोलेरो जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

जिप फुङलिङबाट दर्शनार्थी बोकेर पाथीभरा मन्दिरतर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको उक्त बोलेरो जिप बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिँदा करेन्ट प्रवाह भई आगलागी भएको र त्यसकै कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। मृतक र घाइतेहरूको परिचय भने हालसम्म खुलिसकेको छैन।