अवैध लागूऔषध सहित दुई जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ६ किलोग्राम सहित चितवन राप्ती नगरपालिका-११ कोराक बस्ने २५ वर्षीय बाबुराम तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित सोही नगरपालिका-१२ दुर्गा टोल बस्ने २६ वर्षीय मो।इस्माइल अलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।