शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदबाट राजीनामा

काठमाडौं । लामो समयदेखि जारी शिक्षक आन्दोलनको दवाव बीच शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् ।
पछिल्ला दिनमा शिक्षकहरूको आक्रोश बढिरहेको र वार्ताबाट समाधानको दिशा नदेखिएको अवस्थामा मन्त्री भट्टराई राजनीतिक र सामाजिक दवावको केन्द्रमा थिइन्।
आजै केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्न लागेको र सोही बैठकबाट उनको राजीनामा औपचारिक रूपमा स्वीकृत हुने संभावना देखिएको छ । शिक्षक महासंघले आफ्ना मागहरू पूरा गर्न दबाबमूलक आन्दोलनलाई निरन्तरता दिइरहेका छन् भने सरकारले विभिन्न चरणमा संवाद प्रयास गरे पनि निष्कर्ष निकाल्न नसकेको अवस्था छ ।
सरकारले आंशिक रुपमा मागहरु पूरा गर्ने तयारी गरेपनि शिक्षक प्रतिनिधिहरु त्यसमा सहमत हुन सकेनन् । एकातिर शिक्षकको आन्दोलन निश्कर्षमा पुग्ने अवस्था देखिएन भने अर्कोतिर पूर्ण रुपमा मागहरु पूरा गर्ने अवस्था नभएपछि शिक्षा मन्त्रीले पदमा बाट राजीनामा दिएकी हुन् ।