अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं । उपमहानगरपालिका-१५ त्रिशुलमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९ ट्याब्लेट र स्पास्पेन ३ सय ९ ट्याब्लेट सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीया रेसु राई र २९ वर्षीय सन्तोष साह रहेका छन् ।
अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले को। २० प ३६८३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ एयरपोर्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उत्तम पाण्डे समेत ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।
यसैगरी, उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २ जना किशोरहरूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बा. ६४ प ९३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-१० अरुणखोला जंगलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनारागन १ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका-२९ बस्ने २३ वर्षीय कमल घिमिरेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना. ७ ख ३५२६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।