आफैंले चलाएको स्कुटर दुर्घटना हुँदा एमाले मकवानपुरका अध्यक्ष घाइते

तु खबर संवाददाता
२०८२ बैशाख १३,शनिबार १५:०२

हेटौंडा । घरबाट पार्टी कार्यालय जाँदै गर्दा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकमा उनले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइते भई अचेत भएका पोखरेललाई स्थानीयले उपचारका लागि जिल्ला अस्पताल हेटौंडा पठाएका र उनको उपचार भइरहेको छ ।