अजिताको मोबाइल अन भएपछि फसिन् एलिसा

तु खबर संवाददाता
२०७६ माघ २२,बुधबार १५:२६
२० माघमा जिल्ला प्रहरी कार्यालयले अजिता हत्यामा संलग्न भएको अरोपमा एलिशासहित अन्य ४ जनालाई सार्वजनिक गर्दै । तस्बिरः जिल्ला प्रहरी कार्यालय, मकवानपुर

हेटौंडा, २२ माघ । तेस्रो लिङ्गीहरुको अधिकारका लागि दिलो ज्यान दिएर आवाज उठाउँदै आएकी अजिता भुजेलले ४ माघमा आफ्नो ज्यान जाने कुनै त्यस्तो जोखिमपूर्ण काम गरेकी थिइनन् ।

सिंगो वर्गको अधिकारका लागि लड्ने उनले आफ्नो पारिश्रमिक माग्नु स्वभाविक थियो । किनकी पछिल्लो समय उनले यौन सम्पर्कलाई व्यवसायीक क्रियाकलाप बनाएकी थिइन् ।

पारिवारिक बाध्यताका कारणले यौन सम्पर्क गरेरै जीविकोपार्जनसमेत गर्दै आएकी अजिता ४ माघको मध्यरातमा आफ्नो पारिश्रमिकका लागि अडिग भइन् ।

४ जनाले यौन सम्पर्क गरेबापत ७ हजार रुपैंया दिने भएपछि उनी राजी भएकी थिइन् । ४ माघको मध्यरातमा ४ जना पुरुष मिलेर पालैपालो यौन सम्पर्क राखे ।

तर, रकम दिनेबेला ती पुरुषहरुले अजितासँग झगडा गरेपछि भनाभन सुरु भएको थियो । हक्की स्वभावकी अजिताले आफुले रकम नपाउने भएपछि लड्न तयार भइन् । जसकारण रकमकै निहुँमा उनको ज्यान गयो ।

४ जना पुरुषले रकम दिने सर्तमा १ तेस्रो लिंगीसँग यौन सम्पर्क राखे । तर, अनाहकमा एक युवती फसिन् । ती युवती हुन्, हेटौंडा ११ निवासी २० बर्षीया एलिसा पाख्रिन । एलिसाले अजिताको मोवाइल पाएपछि जब सिम प्रयोग गरेर अन गरिन्, त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्याे ।

३ दिनदेखि उनी प्रहरीको हिरासतमा छिन् । उनी बिरुद्ध प्रहरीले मुद्दासमेत दायर गरिसकेको छ । प्रहरीका अनुसार एलिसा बिरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत् मुद्दा चलाइएको छ । अजिताको हत्या, यौन सम्पर्कसँग कहिँकतै नजोडिएकी एलिसा अनाहकमा फसेकी हुन् ।

यसरी फसिन् एलिसा

१६ दिनसम्म हत्यामा संलग्न भएकाहरुसम्म प्रहरी पुग्न सकेको थिएन । २ सय ५० जना भन्दा बढी व्यक्तिसँग प्रहरीले सोधपुछ गरेको थियो ।

प्रहरी बाटो हेर्दै थियो, अजिताको हराएको मोबाइल कहिले अन हुन्छ ? २० माघ सोमबार प्रहरीले मोबाइल अन भएको सूचना पायो । अजिताले रातो रंगको ओप्पो मोबाइल बोक्ने गरेकी थिइन् ।

सोमबार मोबाइल अन भएपछि प्राविधिक अनुसन्धानबाट मोबाइल बोक्ने व्यक्तिसम्म प्रहरी पुग्यो । प्रहरीले हेटौंडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनको साथबाट उक्त मोबाइल बरामद गर्यो । एलिसाले सिमकार्ड हालेर मोबाइल अन गरेपछि प्रहरीले एलिसालाई पक्राउ गर्न समय लगाएन् ।

घटना क्रम हेर्दा अजिता हत्याका अभियुक्तहरुले उनको मोबाइल एलिसासम्म पुर्याएका थिए । आफ्नै साथी आशिषले दिएको मोबाइलको कारण एलिसालाई प्रहरी हिरासतसम्म पुर्यायो ।

पाख्रिनसँग अजिताको मोबाइल कसरी आइपुग्यो ? अनुसन्धान गर्दैजाँदा अजिता हत्यामा संलग्न रहेका हत्या आरोपी आशिष बलले उनलाई मोबाइल दिएको अनुसन्धानबाट खुल्यो ।

आशिषलाई पक्राउ गरेर सोध्दा हक्चर भनिने बुद्ध लामाले मोबाइल दिएको प्रहरीले पत्ता लगायो । लामालाई चितवनबाट पक्राउ गरी प्रहरीले सोधपुछ गर्दा अर्का व्यक्ति भापु भिनने ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सहचालक सिमोन परियारले दिएको बताए ।

त्यसपछि प्रहरीले सिमोनलाई पक्राउ गर्यो । अजिताको सोही आइचर ट्रकमा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । सिमोनलाई पक्राउ गरेपछि प्रहरीले अजिता हत्याको १७ दिनपछि हत्यामा संलग्न भएकाहरुलाई पक्राउ गर्न सफल भएको हो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*