भीमफेदीको बाह्रबिसेमा पुग्यो सडक
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर –५ को विकट बस्ती बाह्रबिसेमा पहिलोपटक सडक पुगेको छ ।
भीमफेदी गाउँपालिकाको लगानीमा सडक निर्माण गरिएको हो । सडक निर्माण भएपछी स्थानीयबासी निकै खुशी भएका छन् । सडकको पहुँच पुगेपछि उक्त क्षेत्रमा उत्पादन भएका कृषि सामग्रीहरुले बजार पाउने अपेक्षा गरिएको छ ।
यसक्षेत्रमा तरकारी उत्पादनको लागि उर्वर क्षेत्र भएकाले किसानले उत्पादन गरेका सामान बजार सम्म ल्याउन र बजारबाट गाउँ लैजानुपर्ने हरेक सामाग्री गाउँमा लैजानका लागि सजिलो भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।
यस क्षेत्रमा तरकारी उत्पादन भएपनि बजारसम्म ल्याउनका लागि किसानले धेरै समस्या व्यहोर्दै आएका थिए । तर, अब भने सहज भएको अध्यक्ष लामाको भनाई छ ।