मनकामना दूग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा अर्जुन दाहाल निर्वाचित

तु खबर संवाददाता
२०७७ माघ २९,बिहीबार १७:२२

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ मा रहेको मनकामना दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा अर्जुन दाहाल निर्वाचित भएका छन् ।

अर्का अध्यक्षका उम्मेदवार रोमनाथ रेग्मीलाई ५० मतको अन्तरले पराजित गर्दै दाहाल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

दाहालले १ सय ९० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवारले १ सय ४० मत प्राप्त गरे । कूल ३ सय ७३ जना मतदातामध्ये निर्वाचनमा ३ सय ३५ जना सहभागि भएका थिए । ५ मत बदर भएको थियो ।

निर्वाचित दाहालले आफुलाई निर्वाचित गराउने सबैप्रति आभार प्रकट गर्दै कृषकको हित र संस्थाको संस्थागत विकासको लागि आफुले डटेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी संस्थाको उपाध्यक्षमा केदार लम्साल निर्विरोध चयन भएका छन् । जिल्ला प्रतिनिधिमा जनक रेग्मी, सदस्यहरुमा हरी दाहाल, कविता न्यौपानेलगायत चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*