पहिरोले विद्यालय र घर भत्कायो
काठमाडौं, २६ साउन । ईलामको चुलाचुली गाँउपालिका–१ कमलस्थित सानो खोल्सीबाट आएको पहिरोले सागर प्राथमिक विद्यालयको ३ कोठे पक्की भवन पूर्णरुपमा नष्ट हुँदा करीब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
त्यस्तै रामेछापको मन्थली नगरपालिका–१२ रजई बस्ने ४५ वर्षीया कबिता खड्काको घरमा मंगलबार पहिरो आई घर पूर्णरुपमा क्षति हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । नेपाली सेना र स्थानियबासीको सहयोगमा प्रहरीले पहिरो हटाउने कार्य गरिरहेको छ ।