चीनद्वारा ८ लाख डोज कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

तु खबर संवाददाता
२०७७ चैत्र १६,सोमबार १६:५५

काठमाडौँ । चीनले कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित एक बार्यक्रमबीच चिनियाँ राजदूत हउ यान्छीले नेपाललाई उपलब्ध गराएको खोपसम्बन्धि दस्ताबेज प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन् ।

कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध खोपको सहयोगले थप मजबुद बनाएको बताएका छन् ।

ओलीले भारत र चीन दुवै छिमेकी मुलुकबाट नेपाललाई खोपको सहयोग भएको बताएका थिए । त्यस्तै, थप कोरोना खोप खरिदका लागि सरकारले तयारी अगाडि बढाएको पनि जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*