भीमफेदीमा निजी आवास पुननिर्माण प्रमाणीकरण हुँदै

तु खबर संवाददाता
२०७७ चैत्र २८,शनिबार ०९:२१

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले भुकम्पले भत्किएका निजी आवास पुनर्निर्माण सम्पन्न प्रमाणीकरण प्रमाणपत्र हस्तान्तरण गर्ने कार्य आरम्भ गरेको छ ।

भीमफेदी गाउँपालिका–२, भैसेको कुल ३ सय ५ लाभग्राही सम्झौता भएकोमा २ सय ६७ निजी आवास निर्माण सम्पन्नपश्चात् निर्माण सम्पन्न प्रमाणपत्र वितरण भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले शुरु गरेका हुन् ।

भीमफेदी गाउँपालिका वडा नम्वर२ अध्यक्ष काशीराम बज्युको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*