बागमती प्रदेशः ३२ वटा पक्कमी पुल निर्माण

तु खबर संवाददाता
२०७८ बैशाख ६,सोमबार ०९:०८
file-photo

मकवानपुर । बारामती प्रदेश सरकार गठनपछि ३ वर्षमा भौतिक पूर्वाधार विकासमा परिवर्तन आएको छ । बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा पक्की पुल र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको छ।

प्रदेशका १३ वटै जिल्लामा सडक र पुल निर्माणमा प्राथमिकतासाथ काम गरिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताए ।

देशमा संघीयता आएपछि बागमती प्रदेश सरकार प्रदेशको भौतिक, आर्थिक र सामाजिक विकासमा तीव्रगतिमा लागि परेको हो।

विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सातै प्रदेशमध्ये बागमती प्रदेश सरकार पहिलो सूचीमा छ । प्रदेश सरकारले सडक निर्माणसँगै पक्की पुल निर्माणलाई अघि बढाएको छ।

बागमती प्रदेश सरकारले प्रदेश सरकार स्थापना भएको दुई वर्ष अर्थात् आथिक वर्ष २०७५/०७६ र २७७६/०७७ मा ३२ वटा पक्की पुल निर्माण सम्पन्न गरेको मन्त्री फुयाँलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*