पर्सामा बैशाख १६ गतेबाट लागू हुने गरी निषेधाज्ञा जारी

तु खबर संवाददाता
२०७८ बैशाख १४,मंगलवार १४:५७

मकवानपुर । पर्सामा बैशाख १६ गतेदेखि लागू हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*