जिर्ण अवस्थामा रहेको ढुंगेधारालाई प्रदेश सरकारद्वारा मौलिकताको आधारमा निर्माण

तु खबर संवाददाता
२०७८ बैशाख २२,बुधबार १६:०६

मकवानपुर । बागमती प्रदेश सरकारले लिच्छवी र मल्लकालीन समयमा निर्माण गरिएको र अहिले जिर्ण अवस्थामा रहेको ढुंगेधारा तथा गढीको सम्पदालाई मौलिकताको आधारमा निर्माण गरिएको छ ।

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेशवर फुयालले लिच्छवी र मल्लकालीन समयमा निर्माण गरिएको र अहिले जिण अवस्थामा रहेको ढुंगेधारा तथा गढीको सम्पदाको प्रदेश सरकारले मौलिकताको आधारमा निर्माण गरिएको बताएका हुन् ।

प्रदेश सरकारले यसै चालु आर्थिक वर्ष २०७७/०७८ भित्रै मकवानपुरको विभिन्न स्थानमा ११ वटा ढुंगेधारको निर्माण कार्य सम्पन्न गरिएको मन्त्री फुयालले जानकारी दिए ।

उनका अनुसार, प्रदेश सरकारले जिल्लाको थाहानगरपालिका वडा नम्वर २ पुरानो पालुङ गाउँमा दुई वटा, वडा नम्वर ९ चित्लाङको गुर्जु धारा र नाराहिटीमा गरी ८ वटा र हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ मा १ गरी ११ वटा ढुंगेधाराको निर्माणकार्य सम्पन्न गरेको हो ।

उनले ती निर्माणधिन ढुंगेधाराहरुलाई संरक्षण गर्न आगामी जेष्ठ मसान्तसम्ममा स्थानीय निकायलाई हस्तान्तरण गरिने भएको बताए ।

मन्त्री फुयालले प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लाभित्र वनस्पतीको उत्पादन, जैविक विविधता र सिमसारको संरक्षण र बर्खे पानीको थोपा संकलनको लागि बजेट विनियोजित गरिएको बताए ।

उनले जनतालाई रोजगारीको अवसर उपलब्ध गराउन सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयसँग सहकार्य गरिरहेको स्पष्ट पारे ।

प्रदेशको नुवाकोट, काठमाडौं जिल्लाको संखरापुर र मनोहरा नगरपालिका क्षेत्रमा क्रमशः एक/एक वटा ३ वटा ढुंगेधाराको निर्माण कार्य सम्पन्न गरी आगामी असार मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको पनि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*