कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

तु खबर संवाददाता
२०७८ बैशाख ३०,बिहीबार ०९:५०
file-photo

सुर्खेत । कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले अधिवेशन अन्त्य का लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सोही सिफारिस अनुरुप प्रदेश प्रमुख कलौनीले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

कर्णालीको सातौँ अधिवेशन गत बैशाख ३ गतेबाट सुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*