क्यानडामा २ सय १५ बालबालिकाको सामूहिक चिहान फेला पर्यो

काठमाडौं । क्यानडाको एक विद्यालयमा २ सय १५ जना बालबालिकाको सामुहिक चिहान फेला परेको बारे आज नेपाल समाचारपत्रले समाचार लेखेको छ ।
सो पत्रिकामा प्रकाशित समाचार अनुसार, क्यानडाको एउटा पूर्व आवसीय विद्यालयमा २ सय १५ जना बालबालिकाको सामुहिक चिहान फेला परेको हो । स्थानीय आदिवासीलाई शिक्षित तुल्याउने उद्धेश्यले सो विद्यालय स्थापना भएको थियो ।
ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ । सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले सो चिहान बिहीबार फेला परेको बताएको हो ।