एसईई दिन नपाएका विद्यार्थीलाई यसरी दिइने छ नम्बर
काठमाडौं । कोरोना संक्रमणका कारण एसईई परीक्षा दिन नपाएका विद्यार्थीहरुको लागि सरकारले वैकल्पिक विधिबाट मूल्याङ्कन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् वैठकले शिक्षा ऐन २०२८ को दफा २० बमोजिम आदेश जारी गरेपछि एसईई दिन नपाएका विद्यार्थीको हकमा वैकल्पिक मूल्याङ्कन प्रणालीबाट नम्बर दिने र प्रमाणपत्र उपलब्ध गराउने भएको हो ।
यसरी हुन्छ मुल्याङ्कन
एसईई भौतिक रुपमा उपस्थित भएर दिन नपाउने भएपछि विद्यालयले आन्तरिक मूल्याङ्कनबाट सम्बन्धित जिल्लाको शिक्षा विकास इकाइ पठाउनेछ । सो इकाइले त्यसलाई प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछ । त्यसपछि बोर्डले नतिजा विवरण तयार पारी सार्वजनिक गर्नेछ ।
नतिजा सार्वजनिक भएपछि त्यसैको आधारमा विद्यार्थीले एसईईको प्रमाणपत्र प्राप्त गर्नेछन् । यस सम्बन्धि जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ दिएका हुन् ।
अघिल्लो वर्ष पनि सरकारले यही विधिद्वारा एसईईका विद्यार्थीहरुको मूल्याङ्कन गरेको थियो ।