भीमफेदीमा स्काउटद्वारा घर–घरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी दिने अभियान संचालन
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा नेपाल स्काउटले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितहरुको घर–घरमा गएर स्वास्थ्य अवस्थाबारे जानकरी लिने अभियान संचालन गरेको छ ।
स्काउटले गाउँपालिकाको विभिन्न वडामा होम आइसोलेसनमा रहेका संक्रमितहरुको पल्स, अक्सिजन तथा तापक्रमबाट परीक्षण गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिने अभियान संचालन गरेको हो ।
नेपाल स्काउटको बागमती प्रदेश समिति अन्तरगतको स्थानीय स्काउट कार्यालय भीमफेदीले कोरोना महामारीमा नडराउन र कोभिडको प्रतिकार्य गर्न आफ्नो स्थानीय तहभित्र यो अभियान संचालन गरेको जनाएको छ ।
उक्त अभियान आइतबारबाट संचालन गरेको हो । अभियानको तेस्रो दिन नामटार क्षेत्रमा भोलेन्टियर परिचालन गरिएको समिती सदस्य सुस्मिता बर्तौलाले जानरी दिइन् ।
बर्तौलाका अनुसार कोभिड प्रतिकार्य अभियान स्काउटका संयोजक आशिष अस्लामीको संयोजकत्वमा स्काउटको बागमती प्रदेश समिति तथा भीमफेदी गाउँपालिकाको स्वास्थ्य शाखासँगको समन्वयामा संचालन गरिएको हो ।