समाचार प्रमुख पुडासैनीलाई मातृशोक

तु खबर संवाददाता
२०७८ असार ४,शुक्रबार ११:०८

मकवानपुर । स्टेट भिजन प्रा.लिद्वारा संचालित तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीलाई मातृशोक परेको छ ।

पुडासैनीको ५३ बर्षिया आमा जानुका अधिकारी पुडासैनीको बिहीवार निधन भएको हो ।

पेनक्रीयाज सम्बन्धि रोगबाट बिरामी उनको चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका सदस्य पुडासैनीको एक जना दाइ र तीन जना दिदी छन् ।

तु खबरका सम्पादक गिरिजा अधिकारीले पुडासैनीको आमाको निधनले दुखी भएको जनाएका छन् । यो दुखद घडीमा आमाप्रती हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*