गोल्फीनटार टोल विकासलाई मातृशिशु सम्बन्धी तालिम
हेटौँडा, १९ असोज । ईटीएससी नेपालले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको गोल्फीनटार टोल विकास सँस्थाका सदस्यहरुलाई मातृशिशु स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरेको छ ।
मातृशिशु मृत्यूदर घटाउने र सचेत गराउने उदेश्यसहित संचालित तालिममा पुरुष समूह, महिला समूह र किशोरी समूह बनाएर प्रशिक्षण दिइएको संचारकर्मी जी न्यौपानेले जानकारी दिए । अहिलेसम्म पुरुष समूहको भने तालिम सकिएको छ ।
तालिममा सहभागी समूहका कम्तिमा पनि २०–२० जनाको समूह बनाई अन्य समूहलाई पनि तालिम संचालन गरिनेछ । तालिमलाई शारदा चौलागाई, अनिषा राई, शान्ति चौधरी, शान्ति सिनतान, लीला लामा लगायतले सहजीकरण गरेका छन् ।